Logo
Logo

‘ओली सरकारको समीक्षा गर्नुपर्ने विषय नै छैन’


567
Shares

विराटनगर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार निरंकुश हुँदै गइरहेको बताएका छन् ।

पूर्वउपप्रधान समेत श्रेष्ठले विराटनगर बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान दुई ठूला राजनीतिक दल सम्मिलित सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास गरेर निरंकुशता प्रदर्शन गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्नु नै सरकार निरंकुशतातर्फ उन्मुख हुँदैछ भन्ने प्रमाण भएको जिकिर गरे । सरकारले निरंकुशता लादेर अन्य राजनीतिक पार्टीहरूलाई कमजोर बनाउने खेल खेलिरहेको भन्दै उनले अहिलेको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको बताए ।

उनले बाढी, पहिरोबाट पीडितहरूका लागि यो सरकारले राहत र पुनःस्थापाको काम प्रभवकारी ढंगले गर्न नसकेको भन्दै जनताको पक्षमा उभिएर आफ्नो पार्टीले खबरदारी गरिरहेको बताए ।

विधि पु¥याएर निष्पक्ष अनुसन्धान गर्न पाउने अधिकार सरकारसँग भएपनि ‘इगो’ राखेर सहकारी ठगीका नाममा रवि लामिछानेलाई पक्राउ गरिएको उनको भनाइ छ । उनले भने, ‘रवि लामिछानेमाथि निष्पक्ष, स्वतन्त्र र भेदभावरहित अनुसन्धान हुन सकिरहेको छैन । सहकारी ठगीमा प्रत्यक्ष संलग्न सत्तारुढ पार्टीहरुकै नेताहरुलाई चाहिँ किन अनुसन्धान गरिएन ? अरुलाई कानुनको दायरामा किन ल्याइएन भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । अहिले अनुसन्धान गर्ने कुरामा भेदभाव भइरहेको छ ।’

नेता श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताए । सरकारले कुनै सकारात्मक काम गर्न नसकेका कारण समीक्षा गर्न आवश्यक नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्