Logo
Logo

एनपीएल खेल्न पोखरा एभेन्जर्सले भित्र्यायो तेस्रो विदेशी खेलाडी


504
Shares

काठमाडौं । वेस्टइन्डिजका एन्डरसन फिलिप नेपालको पोखरा एभेन्जर्समा अनुबन्धित भएका छन् । आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो ।

यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।
नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय फिलिपले वेस्टइन्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी फास्ट बलर हुन् ।

एनपीएलकै सबैभन्दा महँगो टिम पोखराले कुशल, एन्डरसन फिलिप, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्