Logo
Logo

कुमारी बैंकको नाफा ३०५.५० प्रतिशतले बढ्यो


315
Shares

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब सात करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष २६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको यो बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा भने सुधार गरेको हो ।

गत वर्षको असोज मसान्तसम्मको तुलनामा यो बैंकको नाफा ३०५.५० प्रतिशतले बढेको हो । बैंकको ब्याज आम्दानी भने घटेको छ । गत वर्षको तीन महिनामा १० अर्ब ६० करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यो वर्षको सोही अवधिमा आठ अर्ब ६४ करोड आठ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकको सञ्चालन मुनाफा भने बढेको छ । यो बैंकले तीन महिनामा एक अर्ब ५४ करोड ९७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्षको तीन महिनामा यो बैंकको सञ्चालन मुनाफा ४३ करोड ६६ लाख रुपैयाँ थियो ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा ४.८६ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्