Logo
Logo

बुटवलमा मठ-मन्दिरका दानपेटिका फुटाएर रकम चोरी


441
Shares

बुटवल । बुटवल आसपासमा रहेका मठ–मन्दिरहरु तोडफोड गरि दानपेटिकामा भएको रकम चोरी भइरहेका छन् । दशैँ जस्तो चाड पर्वको मौका छोपी बुटवल आसपासमा रहेका मठ मन्दिरका दानपत्रका भेटिसमेत चोरी भएका हुन् ।

बुटवल वडा नम्बर–७ हिलपार्क परिसरमा रहेको क्षेत्री समाज नेपालको दुर्गा पञ्चाङ्घ मन्दिर, मगर समाजको बाजेबजै मन्दिर, शिवनगर दुर्गा मन्दिर लगायतका मन्दिरमा रहेका दानपेटिका रकम चोरी भएको हो । यी चोरीका घटना दशैँको सेरोफेरोमा भएको थियो ।

चारी भएलगत्तै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको र चोरी गर्नेहरुको खोजी कार्य भइरहेको भएपनि अझै केही पत्ता नलागेको क्षेत्री समाजका जिल्ला अध्यक्ष गुप्तबहादुर केसीले बताए ।

मन्दिरमा पटक पटक चोरी हँुदै आएको र दशैँमा यस मन्दिरमा आउने करिब २ सयजना श्रद्धालु तथा भक्तजनले चढाएको भेटी रहेपनि के कति रकम थियो भन्ने अनुमान गर्न नसकिएको सचिब मानबहादुर ढकालको भनाइ छ ।

हिलपार्क परिसरमा रहेका मन्दिरहरुमा श्रद्धालु भक्तजनले आफ्नो श्रद्धाले दान चढाउने भएकाले मन्दिरभित्र तोडफोड गरी त्यहाँ भएको रकम तथा मूर्तिहरु चोरी हुने गरेको छ । यस क्षेत्रको सुरक्षा ब्यावस्थामा कमी भएकाले चोरीका घटना बढेको हुन सक्ने क्षेत्री समाजका नगर अध्यक्ष केसीे बताउँछन् ।

चार्डपर्वका मौकामा केही घर तथा पसलहरुमा पनि चोरीका घटना भएका छन् । बिशेषगरि चाडपर्वको समयमा मठ–मन्दिरहरुमा भक्तजनले पुजाआजा गरि दान भेटी चढाइने भएकाले मन्दिरमा चोरी हुने सम्भावना भएकोले सुरक्षा बवस्थामा सरोकारवाला निकायका ध्यान दिनुपर्ने स्थानयीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्