Logo
Logo

सन् २०२६ विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिने


एजेन्सी

378
Shares

आदिस अबाबा । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडामा हुने सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्ने मङ्गलबार पुष्टि गरेका छन् ।

इथियोपियाको राजधानी अदिस अबाबामा मङ्गलबार अफ्रिकी फुटबलको ४६औँ कन्फेडेरेसन (सिएएफ) को साधारणसभामा बोल्ने क्रममा उनले भने, ‘सन् २०२६ मा हुने विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिनेछन् ।’

उनले यो वृद्धि फिफाको विस्तारित विश्वकप ढाँचाअनुसार गरिने जानकारी दिए । उनले अफ्रिकी देशहरूलाई महादेशका युवा फुटबल खेलाडीहरूको क्षमतामा थप लगानी गर्न र बाहिर निकाल्न आग्रह गरे । ‘म तपाइँ सबैलाई युवा फुटबलमा लगानी जारी राख्न प्रोत्साहित गर्दछु किनभने ती युवायुवतीहरू भोलिका ताराहरू हुन्’ उनले भने ।

फिफाले महिला विश्वकपमा सहभागी अफ्रिकी टोलीको सङ्ख्या छ पु¥याउनेबारे पनि विचार गरिरहेको उनले बताए । मोरक्कोले सन् २०३० मा फिफा विश्वकप आयोजना गर्ने तयारी गरेको छ । मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी मुलुक बन्नेछ ।

सम्मेलनको उद्घाटन सत्रमा इथियोपियाका अध्यक्ष तायेओन सेलासीले सिएएफलाई सन् २०२९ अफ्रिका कप अफ नेसन्स प्रतियोगिता आयोजना गर्न इथियोपियालाई समर्थन गर्न अपिल गरे । पूर्व अफ्रिकी फुटबल स्टारहरू स्यामुएल इटो, जे–जे ओकोचा, एल–हदजी डिउफ ४६औं सिएएफ साधारण साधारणसभामा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्