Logo
Logo

लकडाउनमा थप चार जिल्लाका सिडिओको सरुवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ जेठ ।
गृह मन्त्रालयले थप चार जिल्लाको सिडिओको सरुवा गरेको छ । सरुवाअनुसार बाँकेमा स्याङजामा कार्यरत सिडिओ रामबहादुर कुरुम्वाङलाई पठाइएको छ । बर्दिया, स्याङजा हुँदै उनी बाँके पुगेका छन् । उपसचिव भएपनि सहसचिव हुने जिल्लामा उनी लगातार सिडिओ भइरहेका छन् ।


त्यस्तै शंकरहरी आचार्यलाई सप्तरी सरुवा गरिएको छ । पर्वतमा शम्भु रेग्मीलाई सिडिओमा पठाइएको छ भने जुम्लामा भूपेन्द्र थापाको सरुवा भएको छ । जुम्लाकी दुर्गा बञ्जाडेको सहायक सिडिओका रुपमा पाल्पामा सरुवा भएको छ । रिक्त भएको स्याङजामा कसैलाई पठाइएको छैन ।
केही दिनअघि मात्र गृहले पाँच जिल्लाका सिडिओको सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्