Logo
Logo

म्याद थप्न रवि र छविलाई आज एकसाथ अदालत लगिँदै


567
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई म्याद थपको लागि आज कास्की जिल्ला अदालत लगिँदै छ ।

पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक समेत रहेका लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ ।

बयान नसकिएकाले लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । अनुसन्धानको क्रममा लामिछानेविरुद्धका प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेको छ ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको हो । उनी हाल कास्की प्रहरीको हिरासतमा छन् । त्यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई पनि आज अदालतमा उपस्थित गराइँदै छ ।

छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्