Logo
Logo

एमालेलाई जग्गा दानविरुद्धको रिट न्यायाधीश सुवेदीको एकल इजलासमा


945
Shares

काठमाडौं । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्री केपी ओलीले व्यवसायीबाट घुस लिएको भनी अधिवक्ता ज्ञानबहादुर बस्नेतससहितले दर्ता गराएको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको हो ।

जग्गादान गर्ने गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गरिरहेको अवस्थामा प्रधानमन्त्रीको पार्टीलाई जग्गादान गर्नु भ्रष्टाचार रहेको अभियोग निवेदकले लगाएका छन् ।

‘प्रधानमन्त्री केपी ओलीले कानुनविपरीत रिसवत अर्थात् घुस लिएको स्पष्ट छ । प्रधानमन्त्री आफैँ शिलान्यास कार्यक्रममा उपस्थित भएर कसैले दिएको दान, दातव्य स्विकार्नु भनेको भ्रष्टाचारका दृष्टिकोणले अक्षम्य अपराध हो’, रिटमा भनिएको छ ।
उनीहरुले उक्त जग्गादान खारेजीको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्