Logo
Logo

आलोकनगरमा निर्माणाधीन घरको चार तलाबाट खसेर नुवाकोटका भुजेलको मृत्यु


0
Shares

काठमाडौं । आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर एक जनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्