Logo
Logo

पश्चिम नवलपरासीका नाकाबाट तस्करी, सशस्त्रका एसपी मौन


1.3k
Shares

काठमाडौं । नेपाल सरकारले कर्मचारीलाई तलब भत्ता खुवाउन र प्रशासनिक खर्च धान्न कठिन भएको भन्दै देशभरका नाकाबाट तस्करी रोक्न कडाईका साथ सुरक्षाकर्मीहरु परिचालन गरेको छ । सशस्त्र प्रहरी बल हल्चोक मूख्यालयले देशभरका यूनिट र यूनिट प्रमुखलाई गल्ती नगर्न निर्दैशन दिने गरेको छ ।

सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल भदौ र असोजमा लुम्बिनी , मधेश र कोशी प्रदेशको भ्रमण गरेर मूख्यालय फर्केका थिए । आइजीपी अर्यालले त्यसबेला कोही कसैले गल्ती गरेको प्रमाण भेटेमा जागिरबाट सिधै अवकाश र भ्रष्टचारको गन्ध आए वा तस्करसँगको मिलेमतो गरेमा सिधै मूख्यालय फिर्ता गराइने चेतावनी दिएका थिए ।

तर नवलपरासीको भुजहवा गुठी , बलिनगर , महेशपुरबाट तस्करी रोकिएको छैन । भुजहवाबाट सबैभन्दा बढी केराउ , चल्ला , चिनी , मलखाद तस्करी हुन गरेको स्रोतले जनाएको छ । सशस्त्र प्रहरीको २६ गण पश्चिम नवलपरासीका एसपी प्रकाश वाग्लेले हेडक्वार्टरकै सूचनाका चार महिना अघि केही थान बोरा चिनी बरामद गरेबाहेक उनले त्यहाँबाट निर्बाध रुपमा तस्करीको लाइन चलाईरहेको स्रोतले जनाएको छ ।

यो नाकाबाट कपडा र मोवाइलका सामानको ठूलो तस्करी चलिरहेको छ । भारतीय नागरिक टासी मुसलमान र नेपाली नागरिक सुरेन्द्रको कपडाको तस्करी यहीँ नाकाबाट व्यापक चलेको छ भने बालमुकुन्द भन्ने तस्करको मोवाइलको पार्टसपूर्जा र मोवाइल फोनको तस्करी ठूलो मात्रामा चलिरहेको छ ।

पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट अवैधरुपमा ओसारपसार थामिएको छैन । जिल्लाका सीमा क्षेत्रबाट युरिया मल, मोटरपार्ट्स,विद्युतीय सामग्री, कपडा भन्सार छलेर नेपाल भित्रिने गरेको छ । नाका सित जोडिएका ग्रामीण सडक हुँदै तस्करी हुने गरेको छ । कतिपय स्थानमा सुरक्षाकर्मीकै अगाडि गाडीका गाडी सामान ओसारपसार हुने गरेको छ । खुलेयाम तस्करी प्रति सरोकारवाला मौन बसेको स्थानीयले बताएका छन् ।

भारतदेखि नेपाल सीमा नाकामा गोदाम लिई ठूला मात्रामा सामान राख्दै आएका छन् तर पनि प्रहरी भने हेरेर मात्र बस्छन् । नेपाल ल्याउने र भण्डारण गरेर जिल्लाका मुख्य बजारदेखि गोपिगन्ज,बुटवल, बर्दघाट, नारायणघाट सम्म पुयाउने गरेको खुलेको छ । मुख्यनाकामा मात्र सुरक्षाकर्मी बस्ने अनि भित्री सडकबाट सामान ओसारपसार गरेको देखेर पनि नदेखे जस्तै गरेर बस्छन् । बसहिया,भुजहवा,गोपालपुर र पांचपेडाबाट तस्करी हुने गरेको सशस्त्र प्रहरीकै एक जुनिएर अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस्