Logo
Logo

चितवनका सीडीओ र प्रहरी प्रमुख सरुवाप्रति रास्वपाको असन्तुष्टि


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सरुवा गरिएकोमा असन्तुष्टि व्यक्त गरेको छ । प्रधानमन्त्रीविरुद्ध ‘उद्दण्ड प्रदर्शन’ गर्न अनुमति दिएको भन्दै सरकारले सिडिओ इन्द्रदेव यादव र प्रहरी उपरीक्षक भावेश रिमालको सरुवा गरिएपछि रास्वपा असन्तुष्ट बनेको हो ।

सोमबार रास्वपाले चौबिसकोठीबाट विरोध ¥याली निकालेको थियो । र्यालीका क्रममा प्रदर्शनकारीले एउटा सांकेतिक शव बनाएर नारायणी नदीमा जलाउने प्रयास गरेका थिए । उक्त सांकेतिक शव प्रधानमन्त्रीकै बनाइएको भनेर समाचारहरु आएपछि रास्वपाले विज्ञप्ति जारी गर्दै खण्डन गरेको छ ।

रास्वपाका चितवन सभापति कृष्णप्रसाद भुषालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, बेथिति र कुसंस्कार एवं सत्यमाथि असत्यको आवी बढेका कारण आमनागरिकमा चरम निराशा र विदेश पलायनलाई रोक्नका लागि साथै देशमा विधिको शासन स्थापित हुनेछ भनि सांकेतिकरुपमा असत्यको पुत्ला भनाई नारायण नदीमा विसर्जन गरिएको कुरालाई अन्यत्र बंग्याई फरक समाचार सम्प्रेषण भएकोमा रास्वपा चितवन दुख प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्