Logo
Logo

छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


252
Shares

कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

फाइल तस्बिर

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

उनी गत असोज ६ गते पक्राउ परेका थिए । पक्राउ परेसँगै उनको म्याद थप हुँदै आएको छ । त्यसै आजै
अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई पनि सात दिनै हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्