Logo
Logo

सामाजिक सद्भाव र भाइचारा कायम गरेर तिहार मनाउन काठमाडौं प्रशासनको आग्रह


378
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहार, छठलगायत पर्व सामाजिक सद्भाव र भाइचारा कायम गरेर मनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सूचना जारी गर्दै चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैंझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेका हुन् ।

त्यस्तै, कानुनविपरीत जुवातास, लंगुरबुर्जा खेल्ने÷खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विष्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रिवितरण गर्नेजस्ता कार्य नगर्न÷नगराउन पनि अनुरोध गरेको छ ।

देउसी भैलोलगायत सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्