Logo
Logo

दुई संक्रमित भेटिएपछि टोखा क्षेत्र सिल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ जेठ । टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ संक्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना संक्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिएका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो । टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्