Logo
Logo

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो


252
Shares

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थित रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको हो । चाँदीको मूल्य भने घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ । अघिल्लो दिन दुई हजार ९५ रुपैयाँ कारोबार भएको चाँदी आज प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्