Logo
Logo

एनआरएनए विवाद : आरके शर्माको रिट ‘हेर्न नमिल्ने’मा


315
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादमा आरके शर्मा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नमिल्ने सूचीमा परेको छ ।

गैरआवासीय नेपाली संघको सचिवालयलगायतलाई विपक्षी बनाएर आरके शर्मासहित ३ जनाले दायर गरेको रिटको पेसी न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासमा तोकिएको थियो । तर, उक्त रिट हेर्न नमिल्ने भएको हो ।

सुवेदीसहितको संलग्नतामा यसअघि पनि सोही प्रकृतिको मुद्दाको फैसला भएकाले मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।

शर्माले अक्टोबर २७ देखि बद्री केसी पक्षले विवादका बिच साधारण सभा गर्न लागेकाले त्यसलाई रोक्न माग गर्दै बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्