Logo
Logo

रवि पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन


441
Shares

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा प्रदर्शन थालेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन थालेका हुन् । रविका समर्थकले आज माइतीघरमा ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । कास्की हिरासतमा रहेका उनलाई सरकारले राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको भन्दै रास्वपाले हिजोसम्म पोखरामा प्रदर्शन गर्दै आएको थियो । तर, आजदेखि रास्वपाले काठमाडौंमा प्रदर्शन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्