Logo
Logo

रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुन्छ : प्रधानमन्त्री


8.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका हुन् ।

उनले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने भन्दै भने, ‘सहकारीमा जुन काम गर्नु भएको छ (रवि लामिछानेबाट), त्यस्तै प्रकृतिको अपराधमा अरुलाई जस्तो कारबाही भइरहेको छ, त्यस्तै हुन्छ ।’

रास्वपाका सभापति रवि लामिछानेको नाम नलिइकन सरकारले लिने निर्णयबारे ओलीले ब्रिफिङ गरेका थिए । बक्तव्य मार्फत् सत्तारुढ दलहरुले रवि लामिछानेको पक्षमा भइरहेको सडक प्रदर्शनप्रति असहमति जनाएका छन् ।

बक्तव्यमा भनिएको छ, ‘पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरु सुरु भएका छन् । भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासन बिपरीत कुरा हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ ।‘सहकारी सम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्