तुलसीपुर । दाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बलेरो जिप दुर्घटना दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक दाङको दंगीशरण गाउँपालिका–४ निवासी २२ बर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।
उनका अनुसार राप्ती लोकमार्गअन्तर्गत शनिबार बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्वरको बोलेरो पिकअफ दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ बर्षीय देवा वली, उनका छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । गाडी सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।