Logo
Logo

यस्तो देखियो माओवादीको खबरदारी जुलुस


1.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी जुलुस सुरु भएको छ । माओवादी केन्द्रले आज भ्रष्टाचार र बेथितिविरुद्ध काठमाडौंमा खबरदारीसभा अघि जुलुस निकालेका हो ।

बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा सभाअघि जुलुस निकालिएको हो । सुनधाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुने भएकाे छ । सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादीले १० बुँदे एजेन्डासहित खबरदारी सभा गर्न लागेको हो । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण तथा पुनर्निर्माणकोे कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

यस्तै, सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्ने माओवादी केन्द्रको एजेन्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्