Logo
Logo

भ्रष्टाचारीलाई जोगाउन बनेको ओली सरकार आफैं कुहिएर झर्ने अवस्थामा पुग्यो : प्रचण्ड


1.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र विचौलियालाई जोगाउन बनेको केपी शर्मा ओली नेतृत्व सरकार आफैं कुहिएर झर्ने अवस्थामा पुगेको बताएका छन् ।

माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी कुनै सत्ताको खेलमा नरहेको बताए।

सरकार ढालेको दोष आफूहरुलाई नदिन आग्रह गर्दै उनले भने, ‘हामीले खबरदारीसभा राख्नेबित्तिकै सत्तापक्षले सबैलाई एकै ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजेको, त्यसो गर्नु संविधानविरोधी हुन्छ भन्ने होहोल्ला गरे । मैले प्रतिनिधिसभामै भनेको थिएँ, तपाईंहरुको सरकार पूरै अवधि चलोस्, माओवादीले सरकार ढाल्ने खेलमा लाग्दैन भनेर । तपाईंहरु पूरै चलोस् ।’

त्यसतै, प्रचण्डले सरकार ढाल्न खबरदारीसभा नगरेको प्रस्ट पारे । अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भएको उनले दाबी गरे । माओवादीले खबरदारीसभा राखेपछि सरकार ढल्दैछ भन्ने आतंक बढेको भन्दै उनले अझै भ्रष्टाचार र बेथितितिर नजान चेतावनी दिए ।

माओवादी अहिले सत्ताको पक्षमा नरहेको प्रस्ट पार्दै प्रचण्डले अहिले कांग्रेस-एमालेसँग सहकार्य गरेर गल्ती गर्‍यौं भन्ने परेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्