Logo
Logo

मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन इयूको आह्वान


एजेन्सी

378
Shares

ब्रसेल्स । इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली संघ (ईयू)ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयम अपनाउन आह्वान गरेको छ ।

यसअघि इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले आफ्ना लडाकू विमानले इरानी सैन्य शिविरलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो । ‘आक्रमण र प्रतिशोधको खतरनाक चक्रले क्षेत्रीय द्वन्द्वलाई थप विस्तार गर्ने जोखिम देखिन्छ’ इयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘इजरायलको आत्मरक्षाको अधिकारलाई स्वीकार गर्दै, इयूले सबै पक्षहरूलाई द्वन्द्वको अनियन्त्रित वृद्धिबाट बच्न अत्यधिक संयम अपनाउन आह्वान गर्दछ । द्वन्द्व कसैको हितमा छैन ।’

इजरायली सेनाले इरानको क्षेप्यास्त्र कारखाना र विभिन्न क्षेत्रमा रहेका सैन्य शिविरमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु भएपछि इरानले आफ्नो प्रतिरक्षा गर्ने चेतावनी दिएको छ ।

अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले गरेको आक्रमणको प्रतिक्रियामा पुनः आक्रमण गरेमा इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी इजरायलले दिएको छ ।

इयूले ’गम्भीर र बढ्दो क्षेत्रीय तनाव’ का बीच आक्रमण भएको भन्दै शान्त रहन आग्रह गरेको छ । ‘ईयू तनाव कम गर्न वा तनाव कम गर्ने उपायबारे योगदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छ र यसका लागि सबै सम्बन्धित पक्षहरूसँग घनिष्ठ सम्पर्कमा रहेको छ’ २७ राष्ट्र संलग्न संगठनले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्