Logo
Logo

जंगली च्याउको तरकारी खाँदा एकैघरका ५ जना बिरामी


378
Shares

काठमाडौं । जंगली च्याउको तरकारी पकाएर खाँदा पूर्वी नवलपरासीमा एकैघरका पाँचजना बिरामी परेका छन् ।

शनिबार बेलुका जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका– २ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका हुन् ।

बिरामी हुनेहरुमा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

खाना खाएर सुतेका उनीहरुमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्