Logo
Logo

इजरायली सेनाको आक्रमणबाट गाजामा ३५ जनाको मृत्यु


378
Shares

काठमाडौं । इजरायली सेनाको आक्रमणमा परी गाजामा ३५ जनाको मृत्यु भएको छ । गाजाको खान युनिस सहरस्थित शरणार्थी शिविरमा इजरायली सेनाले आक्रमण गर्दा ३५ जना प्यालेस्टिनीको मृत्यु भएको हो । उक्त आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायलले गाजाको हरके क्षेत्रमा आक्रमण जारी राख्दा त्यहाँको अवस्था दयनीय बनेको छ । बढ्दो आक्रमणका कारण गाजामा जारी पोलियो खोप अभियान पनि रोकिएको छ ।

गत वर्षको अक्टुबरदेखि जारी हमास र इजरायलबीचको युद्धमा हालसम्म ४३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने ६० हजारभन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्