Logo
Logo

साफ च्याम्पियन बन्ने लक्ष्यमा नेपाल


756
Shares

काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

नेपाल र बंगलादेशले आईतबार सेमिफाईनल जित्दै फाईनलमा प्रवेश गरेका हुन् । फाइनल खेल बुधबार हुनेछ । घरेलु मैदानमा नेपाल यसपटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

यसअघि २०२२ मा काठमाडौंमै भएको साफमा पनि यी दुई टोली फाइनलमा भिडेका थिए । त्यतिखेर नेपाललाई पराजित गर्दै बंगलादेश पहिलोपटक साफ च्याम्पियन बनेको थियो । सातौं संस्करणको च्याम्पियनसिपको आईतबारको पहिलो सेमिफाईफाईनलमा साविक विजेता बंगलादेशले भुटानलाई ७–१ ले हराएर फाईनफमा स्थान बनाएको छ ।

यस्तै, घरेलु टोली नेपालले तनावग्रस्थ सेमिफाईनलमा पाँच पटकको विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै फाईनल पुगेको हो । नेपाल समग्रमा छैटौंपटक र बंगलादेश तेस्रोपटक फाइनल पुगेको हो । लगातार तेस्रोपटक घरेलु मैदानमा साफ वुमन्स च्याम्पियनसिप खेलिरहेको नेपाली टोली यसपटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

प्रतिक्रिया दिनुहोस्