Logo
Logo

राजेश बास्तोला अवकाशमा गएसँगै ८ डीआईजी पद रिक्त


1.6k
Shares

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक राजेशनाथ बास्तोला अवकाशमा गएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक बास्तोला उमेर हद्दका कारण आइतबार रातिदेखि अनिवार्य अवकाशमा गएका हुन् । उनी २०५२ कार्तिक २७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डिआइजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । यसअघिका एआईजी श्याम ज्ञवाली सहितका उच्च प्रहरी अधिकृतहरूले उमेर हद्दका कारण अवकाश रोक्न माग गरेर सर्वोच्चमा निवेदन दिएका थिए ।

तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि श्याम ज्ञवाली, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले सर्वोच्च अदालतबाट निवेदन फिर्ता लिए । ज्ञवाली र पोखरेलले यसअघि नै अवकाश पाइसकेका छन् । आइतबारबाट बास्तोलाको अवकाशसँगै प्रहरीमा ८ जना डीआईजीको पद रिक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्