काठमाडौं । काठमाडौंको कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव भेटिएको छ । कीर्तिपुर नगरपालिका–२, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले परिचय नखुलेकी एक महिलाको शव भेटिएको जानकारी दिए । उनले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको बताए ।
शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले आत्माहत्या गरेको आशंका गरेको छ । तर अन्य हिसाबबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।