Logo
Logo

प्रस्तावित दुई न्यायाधीश र एक राजदूतको सुनुवाइ बुधबार हुने


693
Shares

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला, नित्यानन्द पाण्डे र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ कात्तिक १४ (बुधबार) हुने भएको छ ।

आज (सोमबार) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित न्यायाधीशद्वय निरौला, पाण्डे र राजदूत लम्सालको एकैदिन सुनुवाइ गर्नेगरी प्रस्ताव पारित गरेको हो ।

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उनीहरूको सुनुवाइको काम पनि एकैदिन सम्पन्न गर्नेगरी संसद सचिवालयबाट गरिएको प्रस्तावसहित कार्ययोजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए ।

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन् । सभापति जबराका अनुसार समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्