Logo
Logo

रविलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्की भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न माग गरेका छन् ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले लामिछानेलाई थुनाबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने विषयमा सोच्न बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।

आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न नखोजेको स्पष्ट पार्दै उनले लामिछानेलाई थुनामा राख्दा स्वस्फूर्त जमातले चिन्ता व्यक्त गरेको बताए ।

‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन । देशको चौथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्