Logo
Logo

मालपोतका सरुवामा करोडौैंको चलखेल, लेनदेनमा मन्त्रीका भाइ नै संलग्न


1.7k
Shares

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीकै सेटिङमा मालपोतका ४ सय १८ कर्मचारीको सरुवा गरिएको छ । असोज १५ को मितिमा गरिएको सरुवा बेबसाइटमा असोज ३० सम्म नराखी नाम टिपेक्स लगाउँदै हेरफेर गरी अनियमितताको पराकाष्टा नै देखाइएको छ ।

भूमिब्यवस्थामन्त्री अधिकारी र भाइ धर्मराज अधिकारी

भूमिब्यवस्था मन्त्री अधिकारीले भाइ धर्मराज अधिकारी र बिचौलिया प्रमोद खड्काले काठमाडौं उपत्यकामा बर्षौदेखि कार्यरत खरिदार, नायबसुब्बा र अधिकृतसँग मोलमोलाई गर्दै सरुवाको सूची तयार गरेका थिए ।

तत्कालीन राष्ट्रिय बीउबिजन कम्पनीको महाप्रबन्धक हुँदा बिउको मकै नै नकिनी खरिद गरेको फर्जी बिल भर्पाइ बनाएर करोडभन्दा बढी अनियमिततामा विशेष अदालतबाट भ्रष्टाचार ठहर भएका हुन्, धर्मराज अधिकारी । विशेषबाट भ्रष्टाचार ठहर भएका धर्मराज दाजु बलराम भूमिब्यवस्था मन्त्री भएपछि मालपोत र नापीका सरुवामा लागेका छन् ।

बिचौलिया प्रमोद खड्का र धर्मराजले सरुवामा दररेट अनुसार आर्थिक लेनदेन गरी उपत्यकाका आकर्षक मालपोतमा कसी अकूत कमाएकाहरुलाई नै पुनः काठमाडौंकै आकर्षकमै सरुवा गरिएको छ । उनीहरुले काठमाडौं उपत्यकाका कार्यालयका लागि खरिदार, नासु र अधिकृतकोको दररेट ५ देखि १० लाख लिएर सरुवा गरेको आरोप छ । अधिकृतका लागि १५ लाखसम्म असुलिएको स्रोतको दाबी छ ।

गएको असोज १५ गते ४५ शाखा अधिकृत, २ सय २५ नायब सुब्बा, १ सय ४ खरिदार र ४४ कम्प्युटर अपरेटरसहित ४ सय १८ जनाको सरुवा गरिएको थियो । आर्थिक चलखेलका आधारमा बिचौलियाले तयार गरेको सूची महानिर्देशक कृष्णप्रसाद सापकोटालाई थमाएका थिए मन्त्री अधिकारीले । महानिर्देशक सापकोटाले मन्त्रीले दिएको सूची अनुसार सरुवा गरेका थिए ।

तर अहिले सरुवामा ब्यापक चलखेल भएको समाचार बाहिरिएपछि मन्त्री अधिकारीले पानीमाथिको ओभानो बन्न सबै दोष महानिर्देशकतिर पन्छाएर उनलाई योजना आयोगमा सरुवा गरेका छन् । सरुवा भएका महानिर्देश सापकोटाले मन्त्रीले दिएको सूची अनुसार सरुवा गरे पनि आफूलाई दोषी देखाएको गुनासो निकटस्थ कर्मचारीसँग गर्दैआएका छन् ।

मन्त्री अधिकारीले नै भाइ धर्मराज र बिचौलिया प्रमोदलाई मालपोतका कर्मचारीको सरुवाको ठेक्का दिएको आरोप छ । यी दुईले दररेट तय गर्दै करोडौं अर्थ संकलन गरेको आरोप छ ।

उपत्यकाका प्रत्येक कर्मचारीको सरुवाको ठेक्का बिचौलिया खड्काले लिएको भूमिब्यवस्था मन्त्रालय स्रोत बताउँछ । सरुवा भएका सबै कर्मचारीको टेण्डर मन्त्रीले बुझेर दोषजति महानिर्देशकतिर लगाएर उम्किन खोजेका छन् ।

मालपोतमा भण्डारी दाजुभाइको रजगज

मालपोत कार्यालयमा लोकबहादुर भण्डारीको नाम नसुन्ने कमै होलान् । यिनी प्रशासन समूहका उपसचिव हुन् । तर उनी काठमाडौं उपत्यकाका मालपोतकै मात्र हाकिम भइरहेकाले प्रशासन क्षेत्रमा ‘मालपोत समूह’को संज्ञा दिने गरिएको छ । उनलाई मात्र होइन, उनका सबै दाजुभाइलाई मालपोतका रैथाने कर्मचारीको रुपमा लिने गरिएको छ ।

उपसचिव लोकबहादुर भण्डारीले जागिरे जीवनको २८ बर्ष अवधिमध्ये २५ वर्ष मालपोतमै बिताएका छन् । त्यसमा पनि सधैं आकर्षक कार्यालयमा जाने गर्छन् । धरैजसो उपत्यकाका कार्यालयमा बस्छन्, कहिलेकाहीँ छोटो समयमा उपत्यका बाहिर गए भने बुटवल, चितवन, विराटनगर जस्ता सुगम र आकर्षक ठाउमा बस्ने गर्छन् ।

भण्डारी सधैं आकर्षक कार्यालयमा सरुवा हुनुमा मन्त्री, सचिव, पहुुँवाला र विचौलियालाई रिझाउने उनको अद्भुत कला नै हो । तत्कालीन भूमि व्यवस्था मन्त्री रञ्जीता श्रेष्ठको पालामा उनले ढाकाको सारी खरिद गरेर आफैंले मन्त्रीलाई पु¥याएका थिए । त्यसपछि उनको सरुवा रोजेकै ठाउँमा भयो । मन्त्रीलाई रिझाउने कला उनको यतिमात्र थिएन । रञ्जिता मन्त्री भएकै बेला मन्त्रीका तत्कालीन सल्लाहकार डेविड पौडेल विरामी भई ग्राण्डी अस्पताल भर्ना भएकाले उनले अस्पतालमै पुगी अस्पतालको सबै शुल्क आफैं बुझाएका थिए ।

यसैगरी उनले रञ्जिताको फ्ल्याटमा सबै किसिमका फर्निचर र फर्निचरका सामग्रीको व्यवस्था मिलाइदिएका थिए । लोक भण्डारी ४ महिना अघिसम्म भक्तपुर मालपोत कार्यालयमा थिए । ४ महिना पहिले रुपन्देही पुगे । तर रुपन्देहीमा ४ महिना पनि बसेनन् । त्यसपछि आकर्षक मानिने डिल्लीवजार मालपोत कार्यालयमा सरुवा भए ।

मन्त्री, सचिव र पहुँचवाला कर्मचारी रिझाउने कला उनले आफ्ना दुबै भाइ देवी भण्डारी र शेर भण्डारीलाई पनि सिकाएका छन् । त्यसैले यी तीन भाइ सधैं आकर्षक कार्यालयमा सरुवा हुने गर्छन् । हाल देवी भण्डारी मालपोत कार्यालय दाङ र शेर भण्डारी मालपोत कार्यालय विराटनगरमा कार्यरत छन् । यसअघि देवी मालपोत कार्यालय चावहिलमा थिए ।

भूमि व्यवस्था कार्यालयका एक कर्मचारी भन्छन्– कानुनले गर्न नमिल्ने काममा पनि लोक भण्डारी अगाडि बढ्ने गर्छन् । उनको यही स्वभावले गर्दा उनलाई विचौलियाहरूले सधैं आकर्षक कार्यालयमा पु¥याउने गर्छन् । अहिले विचौलियाहरुलाई उनले डिल्लीबजार पु¥याउनुमा पनि एउटा ठूलो स्वार्थ रहेको बताइएको छ ।

रञ्जिताको पालामा भक्तपुर मालपोतमा हुँदा गुठीको जग्गा दर्ता गरेर ठूलो आर्थिक चलखले गरेको आरोप उनीमाथि लागेको छ । अहिले डिल्लीबजार मालपोत कार्यालयमा त्यस्तै एउटा सरकारी सार्वजनिक÷गुठीको जग्गामा विचौचिलयाको आँखा परेको छ । त्यस कामलाई अघि बढाउने आश्वासन लोकले दिएका छन् ।

मालपोत कार्यालयका अर्का एक कर्मचारी भन्छन्– एक दिनमा २०/३० हजार रुपैयाँ घुस लिनु यिनीकोलागि सामान्य झैं हो । त्यसैले यिनी मालपोत बाहेक अन्य कार्यालयम जान सपनामा पनि कल्पना गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्