Logo
Logo

कान्ति माविमा ५ लाख ५५ हजारको अक्षयकोष स्थापना


8.1k
Shares

 बुटवल । बुटवल स्थित कान्ति माध्यमिक विद्यालयमा अध्ययनरत एकै परिवारका पूर्व विद्यार्थीहरूले  आफ्नो  माता  पिताको  स्मृतिमा ५  लाख ५५ हजार ५५५ रुपैयाँको  अक्षयकोष स्थापना  गरिदिएका  छन् । 

कान्ति माध्यमिक  विद्यालय बुटवलमा अध्ययनरत एकैघर परिवारका ६ जना छोरी र एक जना छोरा गरी ७ दिदीभाइहरुले आफ्नो बुबा तोपबहादुर श्रेष्ठ र आमा सावित्री श्रेष्ठको  सम्झनामा ५ लाख ५५ हजार ५ सय  ५५ रुपैयाँको ‘तोप बहादुर सावित्री श्रेष्ठ स्मृति अक्षयकोष ‘ स्थापना गरेका छन् ।

छोरीहरु सकुन्तला श्रेष्ठ प्रधान, संयोगिता श्रेष्ठ गुरुङ, कल्पना  श्रेष्ठ नेपाल, सबिना श्रेष्ठ, शुभ लक्ष्मी श्रेष्ठ पुन, सुजता श्रेष्ठ र  छोरा  जनक श्रेष्ठले यो अक्षयकोष स्थापना गरेका  हुन् । यी सातै जना कान्ति माविका पूर्व विद्यार्थी हुन् ।

उक्त  अक्षय  कोषको वार्षिक  ब्याजको ७५ प्रतिशत  रकम विपन्न र जेहनदार विद्यार्थी  एक जना छात्र र एक जना छात्रालाई प्रदान  गरिने अक्षयकोष  दाता सबिना  श्रेष्ठले  बताइन ।

उक्त कोष बराबरको रकम विद्यालयका प्रधान अध्यापक  गोविन्द ज्ञवाली र वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेललाई दाताका तर्फबाट  सबिना श्रेष्ठ र झलक लाल श्रेष्ठ लगायतले एकसाथ हस्तान्तरण गरेका थिए ।

यस अवसरमा बोल्दै वडा अध्यक्ष नरिश्वर पौडेलले यस्ता अक्षयकोषले समाज सेवा  गर्नेहरुलाई  प्रेरणा दिँदै विद्यार्थी र विद्यालयलाई सहयोग पुग्ने  बताए ।   

विद्यालयका प्रधान अध्यापक गोविन्द ज्ञवालीले अक्षय कोष  दाताको  चाहना अनुसार अक्षय  कोष ब्याजको रकम दुईजना  विद्यार्थीलाई प्रदान परिने जानकारी दिए ।

२०१० सालमा स्थापित यो कान्ति माध्यमिक विद्यालय यस  क्षेत्रकै  सरकारी  विद्यालयहरू मध्यमा राम्रो विद्यालयको रुपमा  पहिचान कायम गर्न सफल रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्