Logo
Logo

काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा बम राखिएको हल्ला, प्रहरीले थाल्यो जाँच


1.6k
Shares

काठमाडौँ । काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाकाे विमानमा बम राखिएको सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ ।

सुरक्षा कार्यालयका एसएसपी डम्बर विकका अनुसार एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि सुरक्षा अधिकारीहरूले विमान चेकजाँच थालिएको छ ।

उनका अनुसार उक्त विमान ३ बजेर ५५ मिनेटमा १६९ जना यात्रु लिएर दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको एसएसपी बिकले जानकारी दिए ।

यसअघि कात्तिक ६ गते भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेको थियो । लगत्तै प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गर्दा केही फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्