Logo
Logo

फास्ट ट्रयाकको मुद्दा जिताइदिन्छु भन्दै १ करोड २८ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ


441
Shares

काठमाडौं । काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जन रहेका छन् । उनलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

महर्जनले उजुरीकर्तासँग भेटघाट गरी काठमाडौं–निजगढ द्रुतमार्गको टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णयउपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइदिने धम्की दिई एक करोड २८ लाख लिएर फरार भएको उजुरीकर्ताको भनाइ छ ।

आचार्यका अनुसार कार्यालयमा जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतबाट कात्तिक ६ गते पक्राउ अनुमति जारी भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आइतबार दिउँसो १ बजे पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्