काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे बस्ने भएको हो । सोमबार नियमित बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बारेमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।
यस्तै कुलमान घिसिङका बारेमा पनि छलफल हुने बुझिएको छ । निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महशुल नतिर्ने ३२ उद्योगको गत कात्तिक ८ गते काटिदिएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्काको निर्देशनलाई पनि अटेर गर्दै आएका छन् । आजको बैठकमा सो बारेमा पनि छलफल हुने जनाइएको छ ।