Logo
Logo

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. सैंजूको निधन


22.4k
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैजूको निधन भएको छ । डा. सैंजूको आज अपराह्न ५ बजे ललितपुरको सानेपास्थित आफ्नै निवास निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

अहिले उनको पार्थिव शरीरलाई सानेपास्थित स्टार अस्पतालमा राखिएको छ । उनका छोरा अमेरिकाबाट फर्किएपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि अस्वथ्य थिए ।

प्रतिक्रिया दिनुहोस्