Logo
Logo

राष्ट्रपति पौडेल अजरबैजान जाने


315
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल २५ कात्तिकमा अजरबैजानको बाकु जाने भएका छन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको ५ दिने भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार राष्ट्रपति जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा भाग लिन अजरबैजान जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्