काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालसँग स्कट्ल्यान्ड ५ विकेटले पराजित भएको छ ।
अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो । जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर (१२१) बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले । त्यस्तै गुल्सन झा २५ रनमा अविजित रहे। अनिल साहले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए। कुशल भुर्तेलले २५ रन बनाएका थिए ।
स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले २ विकेट लिएका थिए भने ब्राड क्युरी, मार्क वाट र ज्याक जार्भीसले समान १–१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव ४ ओभरमा १ सय ५४ रन बनाएर अलआउट भएको थियो। उसका लागि मार्क वाटको ३४ रन सर्वाधिक रह्यो।
उनी बाहेक माइकल जोनेस र कप्तान रिचि बेरिङटनले १९–१९ रन बनाए। ब्रान्डन म्यामुलनले १६ रन बनाउँदा माइकल लिस्कले १४ रन बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २–२ विकेट लिए । यस शृङ्खलामा नेपाल अमेरिका र स्कट्ल्यान्डसँग २–२ खेल खेल्दै छन् । आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।