Logo
Logo

काठमाडौं महानगरले टुँडिखेल, सानो गौचरण र सिफलमा साफ फाइनल लाइभ गर्ने


441
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेपाल र बंगलादेशबीच आज साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ गर्ने भएको छ । महानगरपालिकाको टँडिखेल, सानौ गौचरण र सिफल चौरमा खेल लाइभ गर्ने तयारी गरेको हो ।

लाइभ गर्नका लागि आवश्यक तयारीको कामहरू भइरहेको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

बिहानैदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री भइरहेको छ । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्दैछन् । आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्