Logo
Logo

११४ जनामा थप संक्रमणः स्वास्थ्य मन्त्रालय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ जेठ ।
बुधबार थप एक सय १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


नयाँ संक्रमितमध्ये ३५ जना रौतहटका मात्र छन् । त्यस्तै झापामा १५, दाङमा १५, बाग्लुङमा सात जनामा संक्रमण देखिएको छ । कुल संक्रमितको संख्या ८८६ पुगेको मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यससम्बन्धि जानकारी गराएका हुन् ।

नेपालमा एकैदिन यती ठूलो संख्यामा संक्रमण पुष्टि भएको पहिलो पटक हो । तर, संक्रमितहरु सबै क्वारेन्टाइनमा रहेका व्यक्ति भएकाले उनीहरुबाट अन्यमा नसरेको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्