Logo
Logo

तिहार सुरक्षा : उपत्यकामा १२ हजार प्रहरी परिचालन


441
Shares

काठमाडौं । नेपाल प्रहरीले चाडपर्वमा हुने आपराधिक घटना नियन्त्रण गर्न उपत्यकामा करिब १० देखि १२ हजार प्रहरी परिचालन गरेको छ ।

उपत्यका प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाका लागि उक्त संख्यामा प्रहरी खटाएको हो । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले दशैँतिहार र छठका लागि उपत्यकामा १० देखि १२ हजार प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार काठमाडौं जिल्लामा मात्रै करिब ५ हजार प्रहरी परिचालन गरिएको छ । यता जिल्ला प्रहरी परिसर ललितपुरले प्रत्येक २४ घण्टामा ३ हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ । भक्तपुरमा पनि सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बनाएको कार्कीले बताए ।

चाडपर्वमा सुरक्षा र कालाबजारी नियन्त्रण गर्न प्रहरीले उपत्यकामा गस्ती बढाएको छ । चाडबाडको समयमा पटका पड्काउने, जुवातास खेल्ने तथा लागुपदार्थ ओसारपसार गर्ने क्रम बढ्ने भएकाले यसमा प्रहरीले विशेष निगरानी गर्ने पनि कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्