काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरलाई सम्मान गरेको छ ।
बिहीबार एक कार्यक्रम आयोजना गरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उरीक्षक वसन्त रजौरेले एक हप्तामा विभिन्न मुद्दाका ७२ जना फरार प्रतिवादी पक्राउ गर्न सफल इन्स्पेक्टर कुँवरलाई खादा ओढाई सम्मान गरेका हुन् । साथै प्रशंसापत्र समेत प्रदान गरे ।
यही २०८१ असोज ६ गते देखि १३ गतेसम्म ७ दिने फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउको निमित्त विशेष अभियान सञ्चालन गरिएकोमा प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरले ७२ जना फरार प्रतिवादी पक्राउ गरि अदालत समक्ष पेश गर्न सफल भएका थिए ।