Logo
Logo

इंग्ल्याण्डविरूद्ध नेपालको सानदार जीत


630
Shares

काठमाडौं । हङकङ सिक्सेसको पहिलो खेलमा नेपालले पुर्व विजेता इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ ।प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डमाथि सानदार जित हात पारेको हो ।

इङ्ग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालको जितमा कप्तान सन्दीप जोराले १७ बलमा ५ चौका ८ छक्काको सहयोगमा ७८ रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २० रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । प्रतियोगितामा नेपाल समूह बीमा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेका छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ गते खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्