काठमाडौं । मङ्गलबार साँझ निधन भएका योजना आयोगका पूर्व उपाध्यक्ष डा. मोहनमान सैंजुको आज अन्त्येष्टि गरिँदै छ । आज दिउँसो २ बजे पशुपति आर्यघाटको विद्युतीय शव दाह गृहमा उनको अन्तिम दाहसंस्कार गरिने भएको पारिवारिक स्रोतले जानकारी दियो ।
अन्तिम दाहसंस्कार गर्नुअगाडि विद्युतीय शव दाहगृह प्रांगणमा डा. सैंजूको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि राखिने छ ।लामो समयदेखि पार्किन्सन्स रोगसम्बन्धी समस्या झेल्दै आएका सैंजुको सानेपास्थित आफ्नै निवासमा बुधवार निधन भएको थियो ।
उनले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोग सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए ।
सुप्रबल गोरखा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रबल त्रिशक्ति पट्टबाट समेत उनी सम्मानित थिए । पूर्व राजदूत सैंजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी १ सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अङ्ग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् ।