Logo
Logo

लक्ष्मीपूजाको लागि बिजुली जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु


189
Shares

काठमाडौं । सर्लाहीमा लक्ष्मीपूजाको दिन करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । लक्ष्मीपूजाको लागि बिजुली बत्ती जडान गर्दा करेन्ट लागेर धनकौल गाउँपालिका– २ का ३५ वर्षीय जितेन्द्र सिंहको मृत्यु भएको हो ।

बिहीबार साँझ घरको छतमा तार जोड्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिंहको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर लगिएको थियो । अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्