काठमाडौं । नेकपा (एमाले)ले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका मेयर पदका लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन् । मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनको दलहरुले उम्मेदवार तोक्नेलगायतका तयारी गरिरहेका छन् ।