Logo
Logo

व्यासमा सामान्य विवादमै साथीमाथि चक्कु प्रहार, एक जनाको मृत्यु


756
Shares

तनहुँ । शनिबार साँझ तनहुँको व्यास नगरपालिका–१०, अधेरीभञ्ज्याङमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेका छन् ।

चक्कु प्रहार गरेको आरोपमा प्रहरीले भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए ।

प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए ।

प्रहरी निरीक्षक पासवानले भने, ‘सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

व्यासमा विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ । उनीहरु सोही सडक मार्ग निर्माणमा संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्