Logo
Logo

हङकङ सिक्सेसमा युएईसँग हार्यो नेपाल


693
Shares

काठमाडौं । हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित भएको छ । प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर युएईलाई जितका लागि ९४ रनको लक्ष्य दिएको थियो ।

जवाफमा ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । युएईका लागि आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन जोडे । खालिद शाहले ७ बलमा १५ रन जोडे।नेपालका लागि राशिद खानले १ विकेट लिए।

नेपालका लागि विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्काको सहयोगमा नट आउट ४९ रन जोडे। लोकेश बमले १० बलमा १९, प्रतिश जिशीले ४ बलमा १४ तथा कप्तान सन्दीप जोराले ४ बलमा ७ रन बनाए। युएईका लागि आकिफ राजाले २ तथा सचिंत शर्माले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्