काठमाडौं । भाइटीकाका अवसरमा आज बिहानैदेखि काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
मन्दिर बिहानैदेखि खुला गरिएसँगै भाइटीका लगाउने दाजुभाई तथा दिदीबहिनीहरुको भीड लागेको छ ।