Logo
Logo

कीर्तिपुरको मेयरमा माओवादीले शिवशरणलाई उम्मेदवार बनाउने


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।

यस्तै नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो ।

नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्