काठमाडौं । बिहीबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वे लगायत काम गर्नुपर्ने भएकाले विमानस्थल पाँच महिनासम्म दैनिक १० घण्टा बन्द गर्न लागिएको हो ।
विमानस्थल कार्यालयले यहि बिहीबार (२३ कात्तिक)बाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द रहने जानकारी दिएको छ ।
२३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ भने राति २ बजेसम्म चल्दै आएको छ ।